सुन तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी घट्यो


काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य घटेर प्रतितोला ३ हजार ९३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।