सुन तोलामा ९ सय र चाँदी १० रुपैयाँले बढ्यो


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ।

मंगलबार प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।