राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको नयाँ विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा तथा पाउण्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा रहेको छ। बहराइन दिनारको बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा र ओमानी रियालको बिक्रीदर ३९५ रुपैयाँ ३४ पैसा तोकिएको छ।

त्यसैगरी, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिंगिट, जापानी येन, चिनियाँ युआनलगायत विभिन्न देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।