डलरको खरिददर १५० रुपैयाँ ८४ पैसा


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा तथा क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङको खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिनेछ।