सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ९० हजार २ सय


काठमाडौं ।

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुनको मूल्य २ लाख ९० हजार १ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार १ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य ५० रुपैयाँले घटेको थियो भने शुक्रबार प्रतितोला ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।