अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २४ पैसा


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा र क्यानेडियन डलरको १०७ रुपैयाँ ५५ पैसा तोकिएको छ। युरोपियन युरोको बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम हुँदा बेलायती पाउन्ड स्टर्लिङको बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।