बझाङ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुर्गाथली गाउँपालिका-४ रन्थोली बस्ने २५ वर्षीय बरूण जोशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया