रौतहटमा मोटरसाइकल चोरी प्रकरणमा तीन जना पक्राउ

0
Shares

रौतहट ।

चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेको अवस्थामा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका–७ नयाँ बस्तीस्थित एक घरबाट गत असोज २४ गते राति मधेश प्रदेश ०३–०४६ प ३६५२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले वृन्दावन नगरपालिका–१० निवासी १९ वर्षीय अर्जुन चौधरी तथा पर्साको वीरगञ्ज महानगरपालिका–३१ निवासी १९ वर्षीय आनन्द गौरो र १९ वर्षीय शिवशंकर दास लाई पक्राउ गरेको हो ।

चोरी भएको मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरीले गुजरा नगरपालिका–२ कटानीटोलस्थित शुभनारायण साहको घरमा रहेको मोटरसाइकल वर्कसपमा उक्त मोटरसाइकलका ट्याङ्की, चक्का लगायतका पार्टपुर्जा खोलिएको अवस्थामा फेला पारेको हो। प्रहरीका अनुसार उक्त वर्कसप संचालन गरेका२४ वर्षीय राहुल चौधरी कोवाट नियन्त्रण मालिइएको हो।

चोरी भएको मोटरसाइकलका पार्टपुर्जा खोलिएको अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरू लाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बताउनुभयो।