काठमाडौं ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आसन्न विजया दशमी, दीपावली, छठ तथा नेपाल संवत् ११४७ का अवसरमा नागरिकको सेवा, सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभएको छ।

असोज २७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट लाइभ भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिँदै उहाँले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिनुभयो। उहाँले सवारी दुर्घटना, चोरी–लुटपाट, सीमापार अवैध गतिविधि, राजस्व चुहावट तथा लागूऔषध ओसारपसार नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।
महानिरीक्षक पौडेलले संगठनभित्र सुशासन, पारदर्शिता र अनुशासन कायम राख्दै भ्रष्टाचार तथा अधिकारको दुरुपयोगमा शून्य सहनशीलता अपनाउनुपर्ने बताउनुभयो। साथै, आन्तरिक सुरक्षा तथा हुलदंगा व्यवस्थापनका क्रममा समानुपातिक बल प्रयोग, मानवअधिकारको संरक्षण र लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति पूर्ण रूपमा पालना गर्न निर्देशन दिनुभयो।











प्रतिक्रिया