अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन बैंकक जाँदै


काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन्।उनी मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्समार्फत बैंकक जाने कार्यक्रम छ।

बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन्।उनको टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, सहसचिव अमृत लम्साललगायत अधिकारीहरू सहभागी हुनेछन्। अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।