डा. रिजाललाई फ्रान्सको अवार्ड

गौंथलीका निर्देशक


फ्रान्सको फिल्म अवार्डमा कपिल रिजाललाई उत्कृष्ट निर्देशकको सम्मान
सुपर डुपर हिट फिल्म गौथलीका निर्देशक डा. कपिल रिजालले फ्रान्सको रेड मुभी अवाड्र्स २०२६ अन्तर्गत अटम एडिसनमा उत्कृष्ट निर्देशक (पुरुष) विधाको अवार्ड जितेका छन्।

अवार्डको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार रिजाललाई गौ“थलीका लागि उक्त अवार्ड प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली फिल्मका निर्देशकले अवार्ड जितेस“गै गौथलीले पनि अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाएको छ। यस उपलब्धिलाई निर्देशक रिजालको सिर्जनात्मक यात्रास“गै नेपाली फिल्मको अन्तर्राष्ट्रिय सम्भावनाका रूपमा हेरिएको छ।

अवार्ड जितेपछि गौथलीलाई माया, विश्वास र साथ दिएर यहा“सम्म पु¥याउन सहयोग गर्ने दर्शक, शुभचिन्तक, आफन्त तथा फिल्मप्रेमीप्रति उनले आभार व्यक्त गरेका छन्। गौथलीका लागि प्राप्त यो अवार्डले नेपाली फिल्मको सिर्जनात्मक प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर थपेको छ।