शैलेन्द्र बेलायतमा सम्मानित


नेपाली हास्यव्यग्य साहित्य र कलामा योगदान पु¥याएबापत लोकप्रिय हास्यकलाकार शैलेन्द्र सिम्खडा र उनकी धर्मपत्नी सुधा सिम्खडा बेलायतमा सम्मानित भएका छन्।

बकिङघम शायर नेपाली समाजले बडादसैँ २०८३ को शुभकामना आदानप्रदान तथा भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजना गरेको विशेष कार्यक्रममा सिम्खडा दम्पतीलाई सम्मान गरेको हो।

कार्यक्रममा शैलेन्द्रले दसैँको शुभकामना व्यक्त गर्दै आप्mना चर्चित हास्यव्यग्य प्रस्तुति र ठट्यौलीमार्फत सहभागीलाई मनोरञ्जन दिएका थिए भने ब्लुमी गाइज ब्यान्डका सुजेश वैद्यलगायतले सांगीतिक प्रस्तुति दिएका थिए।