काठमाडौँ ।
बडादसैँको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको चहलपहल बढेको छ।
धार्मिक विश्वासअनुसार माता चन्द्रघण्टाको पूजा गर्नाले भय, दुःख र कष्टबाट मुक्ति मिल्नुका साथै साहस, आत्मबल र सकारात्मक ऊर्जाको विकास हुने मान्यता छ। यस दिन देवीलाई रातो फूल, फलफूल, चन्दन, धूपदीप तथा दूधबाट बनेका परिकार अर्पण गर्ने परम्परा छ।
नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, नक्साल भगवती, मैतीदेवी, भद्रकाली र बंगलामुखीलगायतका शक्तिपीठमा भक्तजनहरू पूजा तथा दर्शनका लागि पुग्ने गरेका छन्। उपत्यकाबाहिरका विभिन्न देवी मन्दिरमा पनि विशेष पूजाआजा भइरहेको छ।











प्रतिक्रिया