हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


काठमाडौँ ।

देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा तथा अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।