काठमाडौं ।
नेपाल एलपी ग्यास उद्योग संघले दसैंलाई लक्षित गर्दै फरक कम्पनीका ग्यास सिलिन्डर साटफेर गर्ने केन्द्रको संख्या ११ पुर्याएको छ।
उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा केन्द्र थप गरिएको संघले जनाएको छ। नयाँ केन्द्रहरूमा बुढानीलकण्ठको चपली, ललितपुरको हरिसिद्धि, कलंकी, खसीबजार र सतुंगल रहेका छन्।
उपभोक्ताले असोज ३० गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ः३० बजेसम्म तोकिएका केन्द्रबाट सिलिन्डर साट्न सक्नेछन्। संघले तोकिएका ११ केन्द्रबाहेक अन्य स्थानबाट फरक कम्पनीका सिलिन्डर साट्न नमिल्ने स्पष्ट पारेको छ।











प्रतिक्रिया