वालकुमारी सामुदायीक वन समुहको साधारणसभा सम्पन्न,वन समुहको योगदान महत्वपुर्ण


-वन सौन्दयीकरणमा मुख्य भुमिका खेल्न ४ जना सम्मानित

ललितपुर ।

ललितपुर महाननगरपालिका–१८वालकुमारी सामुदायीक वन उपभोक्ता समु्हको साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले वालकुमारी वन समुहको कार्ययोजना पारित गरेको छ । समुहका अध्यक्ष किशोर कुमार कुँबरले कार्ययोजना बारे जानकारी दिनुभएको थियो ।
कार्ययोजनामा उपभोक्ताको लगानीमा पर्यापर्यटन विकास गर्न वनक्षेत्रमा चिया तथा खाजाघर, घुम्ती, मचान, पिकनिकस्पट, वालबालिका खेलकुद कार्यक्रम सञ्चालन गर्ने रहेको छ ।


त्यस्तै महिलासमुह, सामुदायीक अध्ययन केन्द्र(सिएलसी) र वन समुहको लगानीमा अम्रिसो, फलफूल, कफी खेतीगर्ने, भुःक्षय नियन्त्रण, वनक्षेत्र संरक्षण गर्ने लगायतको योजना रहेको अध्यक्ष कुँबरले जानकारी दिनुभयो । साधारणसभामा बोल्दै उहाले सबै उपभोक्तालाई ५ सय रुपिया बुझाएर विधानसम्मत सदस्य बन्न आग्रह गर्नुभयो । कार्ययोजनामा ५ सय शुल्क बुझाएर सदस्यता प्राप्त गरेपछि वार्षिक २ सय रुपिया बुझाउनुपर्ने निर्णय गरेको छ ।


कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्दै समुहका सदस्य धनश्याम थापामगरले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाले वनक्षेत्रको दिगो विकास र सम्बर्धन गर्न वनसमुह निरन्तर लागि रहेको बताउनुभयो । कार्यक्रममा उहाले वनको दिगो विकासको लागि योजना बनाएर काम गर्नुपर्ने अवस्था आएको र त्यसैको लागि १० वर्षे कार्ययोजना तयार भएको जानकारी दिनुभयो ।


कार्यक्रममा सहकोषाध्यक्ष सञ्जु खड्का कुँबरको वार्षिक आयब्यय प्रस्तुत गर्नुभएको थियो । सधारणसामा प्रमुख अतिथि ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काले वनक्षेत्र सौन्दर्यीकरण गर्न महत्वपुर्ण योगदान दिने तीनजनालाई सम्मान गर्नुभएको थियो । भने एकजनालाई नगद ५ हजार सहित कदरपत्र प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा कृष्णहरी खड्का,गोकर्ण थापा, रामचन्द्र थापा, छन् । कार्यक्रममा प्रकाश खत्रीलाई ५ हजार नगदसहित कदरपत्र प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा प्रमुखअतिथि वडाअध्यक्ष खड्का र वन समुहका अध्यक्ष कुँबरले सम्मान गर्नुभएको थियो । कार्यक्रममा वनक्षेत्र सरसफाईमा महत्वपुर्ण योगदान दिएवापत नेप्सेम्याक प्रालिलाई सम्मान गरिएको थियो । नेप्सेम्याकका अध्यक्ष लक्ष्मी गेलालले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुखअतिति वडाअध्यक्ष खड्काले वडा कार्यालयले गर्नुपर्ने सम्मान वन समुहले गरेर उत्कृष्ठ योगदान दिएको बताउनुभयो । उहाले भन्नुभयो–हामी अहिले पदमा छौ, अब पदमा रहेपनि नरहेपनि आफ्नो वडाको सम्पत्तीको रुपमा रहेको वनक्षेत्रको विकासमा सदैव लागिरहनेछौ । उहाले छोटो समयमा समुहले गरेको कामको प्रसंसा गर्नुभयो । यसको श्रेय अध्यक्ष लगायत सबै टिमलाई जानेछ । उहाले हाम्रो वनक्षेत्रमा पर्यटन विकास गर्न सहभागिता जनाउने प्रतिबद्धता जनाएको जेबि एड्भेन्चर्सले ल्याएको योजनाले रोजगारी र पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा जेबी ऐडभेन्जर्सका अध्यक्ष पञ्चलाल महर्जनले जेबीको योजना निर्माणले यसक्षेत्रको पहिचान अन्तराष्ट्रिय रुपमा उच्च हुने बताउनुभयो । यो क्षेत्रमा पर्यटनको विकास गर्न मिलेर काम गर्नु आवश्यक छ–उहाले भन्नुभयो । हालको अवस्थाबाट मात्र सन्तुष्ट नभएर निजी क्षेत्रमा समेत पर्यटनको लगानी गर्न जेवि एड्भेन्जर्सअघि बढेको बताउनुभयो ।

हिमाल सिमेन्टले चोभार र सैंबुक्षेत्रमा गरेको दुःखको कुरा सुनाउदै उहाले भन्नुभयो–अब दुःख होइन मिलेर पर्यापर्यटनमा लाग्नुपर्छ । साधारणसभामा नेप्सेम्याकको अध्यक्ष गेलालले सहकार्य गरेर अघि बढ्ने बताउदै सम्मान हुन पाएकोमा खुसीव्यक्त गर्नुभयो ।
जलविनायक सामुदायीक वन समुहका अध्यक्ष दीपक महर्जनले दुईवन समुह सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । वनले पर्यटक बढाउछ त्यसैले पर्यापर्यटनको थालनी गर्नु अनिवार्य छ ।

जलविनायक वनले पर्यापर्यटनक्षेत्र विकासमा ठुलो भुमिका खेलेको दाबी गर्नुभयो ।कार्यक्रममा सहसचिव अञ्जु थापा कुँबरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष कुँबरले सबै सदस्यको साथ भएमा वनक्षेत्रको थप विकास गर्न सहयोग पुग्ने बताउनुभयो । ललितपुर महानगरपालिका –१८ सैबुमा करिब ४ हेक्टर ८० रोपनी क्षेत्रफलमा फैलिएको वनक्षेत्र २०३४ सल अघि खाली पाखोको रुपमा थियो । जावलाखेलको सेन्ट जेभियर्स स्कु्लको विरेन्द्र स्काउटले करिब १ हजार सल्लाको रुख रोपेका थिए । त्यसपछि २०५४ सालमा वनसमुह स्थापना भएको थियो ।