काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय कमिटीमा मनोनीत १३ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथग्रहण गराएका हुन्।
शपथ लिनेमा सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।











प्रतिक्रिया