काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको राजनीतिक घेराबन्दी अझै जारी रहेको बताएका छन्। उनले आगामी निर्वाचनमा पनि घेराबन्दी हुन सक्ने भन्दै चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने बताए।सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रताको पुनःप्राप्तिका लागि संघर्ष गर्नुपर्ने बताए।
ठूला र बलियाले कमजोरमाथि बलजफ्ती गरे त्यसको प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै उनले निहत्था जनतालाई हतियार र संगठित शक्तिको बलमा दबाइए आन्दोलनमार्फत प्रतिवाद गर्नुपर्ने बताए।ओलीले आगजनी र लुटपाट आन्दोलन नभएको स्पष्ट पार्दै बलजफ्ती र दमनविरुद्ध उभिनुलाई वास्तविक आन्दोलनको संज्ञा दिए। उनले विगतमा पनि आफ्नो पार्टीमाथि घेराबन्दी भएको दाबी गर्दै आगामी चुनौतीको सामना गर्न तयार रहनुपर्ने बताए।











प्रतिक्रिया