उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय कटारीले आइतबार राती १०.२० बजे एकसय किलोग्राम प्रतिबन्धित लागु औषधका रपमा रहेको गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आइतबार राती १०.२० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका वडा नं ६ स्थित सागुरी पुल नजिकैको जङ्ंगलमा तिनतलेको काटोबाट सिराहातर्फ लैजादै गरेको ५ वटा बोरामा रहेको १०० के.जी.) गाँजासहित ताप्ली गाउँपालिका वडा नं. २ बस्ने २२ वर्षका विश्वराज राईलाई नियन्त्रणमा लिईएको छ ।
गाँजा तस्करीमा संलग्न रहेका अन्य व्यक्तिहरु हाल फरार रहेकोले खोजतलास भइरहेको छ । पक्राउ परेका विश्वराज राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया