काठमाडौं ।
आगामी एक महिनाभित्र तीन कम्पनीका लाखौँ कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ ।
लकइन अवधि समाप्त हुन लागेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी र सोपान फर्मास्युटिकल्स रहेका छन् ।
सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँड गरिएको २ लाख १४ हजार ५ सय कित्ता सेयरको लकइन अवधि कात्तिक १६ गते सकिँदैछ ।
त्यस्तै, चिरख्वा हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीको ३० लाख २० हजार ७ सय कित्ता सेयरको लकइन अवधि कात्तिक १४ गते समाप्त हुनेछ ।
माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको संस्थापक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीयको सेयरको लकइन अवधि कात्तिक २ गतेदेखि समाप्त हुने जनाइएको छ ।
लकइन अवधि सकिएपछि यी सेयर प्रचलित नियमअनुसार कारोबार गर्न योग्य हुनेछन् ।











प्रतिक्रिया