काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको वास्तविक शक्ति नागरिकको विश्वासमा निहित रहेको बताएका छन् ।सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए ।
कार्कीले साइबर अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता चुनौतीको सामना गर्न आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताए ।उनले प्रहरी कर्मचारीलाई बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भई निष्पक्ष रूपमा कानुन कार्यान्वयन गर्न निर्देशन दिए ।
साथै, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडितकेन्द्रित दृष्टिकोण अपनाउनुपर्ने बताए ।उनका अनुसार कानुन कार्यान्वयनसँगै प्रहरीको व्यवहार पनि निष्पक्ष, पारदर्शी, सम्मानजनक र जवाफदेही हुन आवश्यक छ ।











प्रतिक्रिया