काठमाडौं ।
नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्।
खुलातर्फ चन्द्र भण्डारीले ३ हजार ७३५ र मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै उपसभापतिमा विजयी भएका हुन्। यस्तै, समावेशी उपसभापति पदमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्।
खुलातर्फ गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशीतर्फ जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत पाएका छन्।
यसअघि महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भइसकेका थिए। कांग्रेसको संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ।
यसैगरी, कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।











प्रतिक्रिया