प्राचीलाई अन्तर्राष्ट्रिय

पेजेन्टमा सफलता


मलेसियामा सम्पन्न मिसेस इन्टरनेशनल ग्लोबल २०२६ मा नेपालकी प्राची तोमरले फोर्थ रनर्सअपको उपाधि जितेकी छन्।
अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालको प्रतिनिधित्व गरेकी प्राचीले यो उपाधिसँगै क्विन अफ एजुकेसनको विशेष उपाधिसमेत प्राप्त गरेकी छन्। हाउस अफ फेसन नेपालका अनुसार प्रतियोगितामा प्राचीले आत्मविश्वास र शालीन प्रस्तुतिमार्फत नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

उनको प्रस्तुतिसगै शिक्षा, व्यक्तिगत विकास र महिलाको सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई पनि विशेष उपाधिमार्फत सम्मान गरिएको हो।
क्विन अफ एजुकेसन उपाधि शिक्षाको महत्व, ज्ञानको विस्तार तथा महिलालाई शिक्षामार्फत सक्षम बनाउने विषयप्रतिको प्रतिबद्धताका आधारमा प्रदान गरिएको बताइएको छ। यसले प्रतियोगितामा प्राचीको सहभागिता सौन्दर्य र व्यक्तित्व प्रदर्शनमा मात्र सीमित नरहेको देखाउँछ।

अन्तर्राष्ट्रिय मञ्चमा उपाधि हासिल गरेकी प्राचीको उपलब्धिलाई नेपाली फेसन तथा पेजेन्ट क्षेत्रका लागि महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। व्यक्तिगत उपलब्धिसँगै उनको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति थप चिनाउन सहयोग पुगेको हाउस अफ फेसन नेपालले जनाएको छ।

प्राचीको सफलताले आप्mनो लक्ष्यप्रति प्रतिबद्ध रहँदै आत्मविश्वासका साथ अघि बढ्न चाहने महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको छ। सीमित अवसरका बीच पनि आप्mनै क्षमता र पहिचान स्थापित गर्न सकिने सन्देश उनको यात्राले दिएको छ।