सौरभको फिल्ममा सौगातको २५ देखि ८० वर्षसम्मको यात्रा

दयाहाङको फरक अवतार


एउटै पात्रको जीवनलाई २५ वर्षको जवानदेखि ८० वर्षको वृद्ध अवस्थासम्म पर्दामा उतार्ने चुनौती सौगात मल्लले स्वीकार गरेका छन्। निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी फिल्म द राइज अफ साम्राज्यमा सौगातले लामो उमेर अन्तरको पात्र निर्वाह गर्न लागेका हुन्।

हालै विराटनगरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको छ। एपिक एक्सन ड्रामाका रूपमा निर्माणाधीन फिल्मका लागि ७० दिनको छायांकन तालिका तय गरिएको छ। फिल्मको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ। सौगातस“गै दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ, अमरप्रताप श्रेष्ठलगायत फिल्मका प्रमुख कलाकार हुन्।

अभिनयमा अब्बल कलाकारहरूको बलियो टिमस“ग काम गर्न पाउ“दा निर्देशक सौरभ उत्साहित भेटिएका छन्। दयाहाङस“ग सौरभको यो पहिलो सहकार्य हो। उनका अनुसार दयाहाङलाई यसपटक दर्शकले फरक चरित्रमा देख्न पाउनेछन्। अगस्त्यः च्याप्टर १ मा सौगात मल्ल र विजय बरालस“ग सहकार्य गरिसकेका सौरभले उनीहरूलाई पुनः आप्mनो नयाँ फिल्ममा जोडेको हुन्।

फिल्मको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा प्रवेश चौधरी र निला देवद्वारा निर्माणाधिन फिल्मलाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्म बनाउने निर्माण पक्षको दाबी छ। विश्वास बस्नेत बेन को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशक छन्।