काठमाडौँ,(नेस) ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने भएको छ ।
गतवर्ष बाढीपहिरोको कारण टीका लगाउन बन्द गर्नुभएका उहाँले यो वर्ष पनि भोटेकोशी बाढी पहिरोको कारण टीका लगाउने कार्य बन्द गर्नुभएको हो ।
पूर्वराजा शाहको संवाद सचिवालय निर्मल निवासले हिजो आइतवार सूचना जारी गर्दै पूर्वराजा शाहले यस वर्षको बडा दसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गरेको जनाएको छ । परम्पराअनुसार पारिवारिक कार्यक्रम भने यथावत छ । स्रोतका अनुसार कर्मचारी र परिवारका सदस्यलाई टीका जमरा लगाउने कार्यक्रम भए पनि सर्वसाधारणलाई बन्द गरिएको छ ।
भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको र ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।











प्रतिक्रिया