रामाडा इटहरीद्वारा पूर्वी नेपालको पर्यटन प्रवर्द्धन


इटहरी ।

रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै आएको छ। सन् २०२६ जनवरीदेखि सञ्चालनमा आएको होटलले आफ्ना सामाजिक सञ्जालमार्फत यस क्षेत्रको प्राकृतिक सौन्दर्य, वन्यजन्तु, चराचुरुङ्गी तथा सांस्कृतिक सम्पदालाई उजागर गरिरहेको छ।

होटलले कोशीटप्पु वन्यजन्तु आरक्षको प्रचारप्रसारका लागि आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवसँग सहकार्य गर्दै आएको छ। यसैअन्तर्गत पर्यटकलाई प्राकृतिक सम्पदाको अवलोकन गराउने उद्देश्यले ‘कोशीटप्पु वाइल्डरनेस एस्केप’ प्याकेजसमेत सञ्चालनमा ल्याइएको छ।विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सका हेड अफ अपरेसन, युरेसिया अनिमेश कुमारको उपस्थितिमा गत मार्चमा होटलको औपचारिक साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

होटलले आवास तथा खानपान सेवासँगै पूर्वी नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई पनि आफ्नो प्राथमिकतामा राखेको जनाएको छ। वन्यजन्तु अवलोकन, चरा अवलोकन, सांस्कृतिक सम्पदा र प्राकृतिक दृश्यावलीलाई प्रचार गर्दै यस क्षेत्रलाई प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने होटलको लक्ष्य छ।