बूढीगण्डकी बाढीमा फसेका ६ जनाको हवाई उद्धार


काठमाडौं ।

बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ६ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ।

प्रधानमन्त्री बालेन शाहका अनुसार, पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनाको उद्धार गरिएको हो। उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ।

त्यसैगरी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाई माध्यमबाट प्रभावित क्षेत्रमा तैनाथ गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।