गोरखा ।
गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले विभिन्न पुल तथा बजार क्षेत्रमा क्षति पुर्याएको छ। बाढीले गोरखा–धादिङ जोड्ने आरुघाट पुलसहित अन्य झोलुङ्गे तथा पक्की पुलहरू बगाएको छ।
बाढीको कारण खुल्न नसके पनि उत्तरी क्षेत्रमा सुक्खा पहिरो वा हिमपहिरो गएको र नदी थुनिएपछि बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बाढीका कारण चुमनुब्री गाउँपालिका–६ स्थित उङगिलुङ खोला किनारबाट चार जना सम्पर्कविहीन भएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ। बाढीको प्रभाव धादिङ, तनहुँ हुँदै चितवनसम्म पर्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।











प्रतिक्रिया