एक्सनको घेराभन्दा

बाहिरको १२ गाउँ


एक्सन र बदलाको कथालाई मुख्य विषय बनाइएको फिल्म १२ गाउँ २ मा समावेश रेशमी रुमाल बोलको गीत सार्वजनिक गरिएको छ।
गीतमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक गीतमा समीर भट्ट र कृशु शाहीको जोडीलाई प्राथमिकता दिइएको थियो। फरक पुस्ताका कलाकार र दुई जोडीलाई केन्द्र्रमा राखेर सार्वजनिक गरिएका गीतले फिल्मभित्रको सम्बन्धको आयामलाई अलगअलग ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ। फिल्मको सबैभन्दा पहिले सार्वजनिक भएको जुनेलीमा सुगम पोखरेलको स्वर छ।

त्यसको भिडियोमा समीर र कृशुलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। उनीहरूको नृत्यसँगै समीरको डान्स र ब्रेकडान्सले पनि दर्शकको ध्यान तानेको थियो। यसले समीरलाई एक्सन कलाकारका रूपमा मात्रै नभई नृत्यमा पनि आप्mनो क्षमता देखाउने अवसर दिएको थियो।
त्यसपछि सार्वजनिक लालीगुराँसले समीर र कृशुको जोडीलाई थप नजिकबाट प्रस्तुत ग¥यो। एक्सनप्रधान टिजरका कारण फिल्ममा द्वन्द्व र बदलाको कथा मात्रै हाबी हुने अनुमान भइरहेका बेला यो गीतले त्यसमा प्रेमकथाको पाटो पनि रहेको संकेत दिएको थियो। अहिले रेशमी रुमाल सार्वजनिक भएपछि भने फिल्ममा अर्को जोडीको सम्बन्धले पनि स्थान पाएको छ।

यस हिसाबले १२ गाउँ २ लाई एक्सनमा मात्रै सीमित नराखी कथाका अन्य पक्षसमेत दर्शकमाझ पु¥याउन खोजेको देखिन्छ। एक्सनप्रधान फिल्ममा गीतको भूमिका मनोरञ्जन थप्नेमा मात्रै सीमित हु“दैन। गीतले पात्रबीचको सम्बन्ध, उनीहरूको भावनात्मक अवस्था र कथाको अर्को पाटोबारे दर्शकलाई संकेत पनि दिन सक्छ। १२ गाउँ २ का गीतले पनि यही उद्देश्य पछ्याएको देखिन्छ। सार्वजनिक गीत र टिजरले फिल्मलाई केवल द्वन्द्व र बदलाको कथाका रूपमा बुझिरहेका दर्शकलाई यसको भावनात्मक पक्षबारे पनि जानकारी गराएको छ।

विराज र समीरसँगै कृशु शाही (काफिया) र वर्षा इटानीको उपस्थितिले पनि फिल्मलाई नयाँ पुस्ताका दर्शकमाझ पु¥याउने अपेक्षा गरिएको छ। कृशु र वर्षा दुवैले यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु पाएका छन्। उनीहरूसँगै फिल्ममा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व, सुदीर श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

विराज भट्टद्धारा निर्देशित फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन तथा बन्दे प्रसादको सम्पादन रहेको छ। दशैंको अवसर पारेर असोज ३० गते प्रदर्शनमा आउने फिल्मले नेपाली फिल्मको व्यस्त प्रदर्शन समयलाई आप्mनो पक्षमा पार्ने लक्ष्य राखेको छ।