नेवाः कला, संस्कृति तथा हास्य–व्यग्य क्षेत्रमा लामो इतिहास बोकेको संस्था मुनासःले करिब ५० वर्षपछि पुनः ख्यालः कासा अर्थात् हास्य–व्यग्य प्रतियोगिता आयोजना गरेको छ। कुनै समय हास्य सम्राट ख्यालिजुजु मदनकृष्ण श्रेष्ठसमेत आबद्ध रहेको मुनासःको यस प्रतियोगिताले नेपाल भाषाको हास्य–व्यग्य र सांस्कृतिक प्रस्तुतिलाई पुनः मञ्चमा ल्याएको छ ।
प्रतियोगितामा कय्ता तंम्ह नेवाः ले प्रथम स्थान हासिल गरेको छ। नेपाल भाषा सिनेमा विकास केन्द्र्रको प्रस्तुतिमा तयार भएको उक्त ख्यालःका लेखक गणेशराम लाछी र निर्देशक आर्यम नकःमि उत्कृष्ट लेखक तथा उत्कृष्ट निर्देशक घोषित भएका छन्। त्यसैगरी, ख्वप सांस्कृतिक खलःको प्रस्तुति थ्व छु जूगु? ले दोस्रो स्थान हासिल गरेको छ। थेच्व सांस्कृतिक मंका खलःको प्रस्तुति इमर्जेन्सी श्राद्ध तेस्रो भएको छ भने प्रथमाञ्जली नासः खलःको प्रस्तुति छन्त नं थथे याए यःलाले सान्त्वना स्थान प्राप्त गरेको छ।
प्रतियोगिताअन्तर्गत उत्कृष्ट अभिनेताको उपाधि उमेश स्थापितले प्राप्त गरेका छन्। उत्कृष्ट अभिनेत्रीको पुरस्कार शान्ता महर्जनले जितेकी छन्। त्यस्तै, उत्कृष्ट शृ“गारकर्ताको पुरस्कार मीरा डंगोलले प्राप्त गरेकी छन्। उत्कृष्ट मञ्च शृ“गारको पुरस्कार भने कविन महर्जनले जितेका छन्।
प्रतियोगिताको निर्णायक संयोजक रमेशकाजी स्थापित तथा निर्णायक सदस्यहरूमा संगीतज्ञ अमरराज शर्मा राजोपाध्याय, ्अभिनेता राजेन्द्रमान शाक्य र गणेश सायमी तथा साहित्यकार शम्भुराम श्रेष्ठ रहेका थिए।
करिब पाँच दशकपछि आयोजना गरिएको ख्यालः कासाले नेपाल भाषाको हास्य–व्यग्य परम्परा, नेवाः सांस्कृतिक पहिचान र स्थानीय कलात्मक प्रस्तुतिलाई नयाँ पुस्तामाझ पु¥याउने अवसर प्रदान गरेको छ। प्रतियोगितामार्फत नेपाल भाषामा हास्य–व्यग्य सिर्जना गर्ने कलाकार तथा सांस्कृतिक समूहलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया