जापानमा भर्खरै सम्पन्न एसियन गेम्सअन्तर्गत् पदकतालिकामा चीनले कूल १ सय ६९ को संख्यामा स्वर्णपदक जितेको छ । चीनले यसरी १ सयभन्दा बढी स्वर्ण जितेको यो लगातार १० औं संस्करण हो ।
चीनले पहिलोपटक १ सयभन्दा बढी स्वर्ण सन् १९९० को बेइजिङ एसियन गेम्समा जितेको थियो । यहीदेखि चीनले एसियन गेम्समा लगातार वर्चश्व बनाइरहेको छ । चीनलाई चुनौती दिने राष्ट्र अहिलेसम्म कुनै पनि छैन । न जापानले चुनौती दिन सकेको छ न त दक्षिण कोरियाले नै चीनलाई दरो चुनौती नै दिन सकेको छ । जुन राष्ट्रमा प्रतियोगिता आयोजना भएपनि सन् १९८२ को संस्करणदेखि चीन पदकतालिकाको शीर्ष स्थानमा रहँदैं आएको छ ।
चीनले स्वर्ण जित्नेमा विश्व रेकर्ड पनि राखेको छ । गत संस्करणको एसियन गेम्स चीनमै भएको थियो । हाङझोउमा भएको एसियन गेम्समा आयोजक राष्ट्र समेत रहेको चीनले २ सय १ संख्यामा स्वर्ण जितेको थियो । जुन विश्व रेकर्ड नै बन्यो ।
चीनले यसरी दोहोरो शतकको संख्यामा स्वर्ण जित्दा पदकतालिकाको दोस्रो स्थानमा रहेको जापानले मात्र ५२ स्वर्णपदक जितेको थियो । जुन चीनको दाँजोमा निकै कमसंख्याको थियो ।
यसपटक पनि जापानले एसियन गेम्सको इतिहासमै सबैभन्दा स्वर्ण जित्यो । जापानले ८३ स्वर्ण जितेको हो । तर, सँधैं पहिलो स्थानमा रहने चीनको तुलनामा जापानको यो ८६ स्वर्ण कम हो । तेस्रो स्थानको दक्षिण कोरियाको हातमा मात्र ३९ स्वर्ण परेको छ ।
चीनको एसियन गेम्समा सहभागिता जापान र दक्षिण कोरियाको भन्दा पनि पछि भएको थियो । सन् १९७४ मा तेहरानमा भएको एसियन गेम्सदेखि चीनले सहभागिता जनाएको हो । जुन अहिलेको संस्करण २०२६ सम्म गरी चीनले १४ संस्करणमा सहभागिता जनायो । यति अवधिमा चीनले १८ सय ४३ संख्यामा स्वर्ण जितिसकेको छ ।
जापानले भने उद्घाटन एसियन गेम्सदेखि नै लगातार सहभागिता जनाउँदैं आएको छ । सुरुमा चीन नहुँदा जापान नै पदकतालिकामा शीर्ष स्थानमा रहेको थियो । १९५१ देखि १९७० सम्म जापानलाई चुनौती दिने राष्ट्र नै थिएन । तर, १९७४ देखि भने चीनले विस्तारै चुनौती दिन थालेपछि जापानको पदकसंख्या घट्दै गयो ।
त्यसो त चीन सहभागि भएको पहिलो दुई संस्करण १९७४ र १९७८ मा जापान नै पदकतालिकामा शीर्ष स्थानमा थियो । तर, १९८२ को संस्करणदेखि पदकतालिकामा शीर्ष स्थान हासिल गरेपछि जापानले चीनलाई उछिन्न सकेको छैन ।
जापानले २० संस्करणसम्म सहभागिता जनाउँदा स्वर्ण पदकको संख्या चीनको भन्दा धेरै कम जितेको छ । जापानले १९५१ देखि २०२६ सम्म गरी एसियन गेम्समा सहभागिता जनाउँदा ११ सय ६७ संख्यामा स्वर्ण जितेको छ । अन्य राष्ट्रहरूले भने १ हजारको संख्यामा स्वर्ण पदक जित्न सकेका छैनन् । हाल ८ सय २६ स्वर्ण जितेको दक्षिण कोरिया मात्रै १ हजार संख्यामा पुग्न नजिक छ ।
यस पदकसंख्याको तुलनाले के प्रष्ट्याएको छ भने एसियाडमा चीनलाई चुनौती दिन अहिलेसम्म कुनै राष्ट्र नै छैन । हालको प्रदर्शनको आधारमा हेर्ने हो भने जापान र दक्षिण कोरियाले नै चुनौती दिन नसकेपछि बाँकी राष्ट्रले चुनौती दिन्छ भन्ने कुनै संभावना पनि रहँदैन ।
चीन नहुँदा शीर्षमा रहेको जापानको पदक











प्रतिक्रिया