कर्णाली याक्स र प्राइम सेरामिकबीच सम्झौता


काठमाडौं, (नेस) ।

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र प्राइम सेरामिक प्रालिबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगैं प्राइम टाइल्स कर्णाली याक्सको अफिसियल प्रिमियम भिट्रिफाइट टायल पार्टनरका रूपमा जोडियो । कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ।

प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इङ्ग्ल्यान्डका मार्क वाट र बंगलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा एक्स्ट्रिम, हेडगेयर पार्टनरका रूपमा प्लम्बर पाइप र प्राइम कन्सल्टेन्सी कन्सल्टेन्सी पार्टनरको रूपमा रहेका छन् ।