एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने


काठमाडौं ।

एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।

यस्तै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

उक्त लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। त्यसपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।