सकियो प्रदीप र सनिशाको

शुुभ विवाह


सुदर्शन थापाको निर्देशनमा निर्माणाधीन फिल्म शुभ विवाहको छाया“कन निर्धारित समयभन्दा ५ दिनअगावै सकिएको छ।
प्रियदर्शन फिल्म्स्को ब्यानरमा निर्माणाधीन फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा छन्।

प्रदीप र सनिशास“गै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराय, कृष्ण ढुंगाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ, रमेश बज्राचार्यलगायतले अभिनय गरेका छन्।

निर्देशक थापा र अभिनेता खड्काले यसअघि फिल्म प्रेम गीतमा सहकार्य गरेका थिए। सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पाश्र्व संगीत, राजेश श्रेष्ठको डीओपीक र मिलन श्रेष्ठको सम्पादन रहेको छ।