एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोटको होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट


काठमाडौँ।

एनआईसी एशिया बैंकका ग्राहकले नगरकोटस्थित होटल कन्ट्री भिल्लामा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र होटल कन्ट्री भिल्लाबीच ग्राहकलाई होटलका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो। समझदारीपत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलका फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकका ग्राहकले होटलको आवासीय सेवा तथा खाना र पेय पदार्थमा छुट पाउनेछन्। डिलक्स वर्गका कोठाको आवासीय सेवामा शुक्रबार र शनिबार ५ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

अन्य दिनमा भने आवासीय सेवा र खाना तथा पेय पदार्थ दुवैमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

छुट सुविधा लिन ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा ‘मोबैंक’, डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार होटलसँगको सहकार्यले ग्राहकलाई अतिरिक्त सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।