कर्णाली क्षेत्र आसपासका रमणीय तथा प्राकृतिक दृश्यमा प्रेमको कथा खोजिएको छ। सुजाता केसी र सविन सुवेदीको युगल स्वरमा तयार भएको प्रेमिल गीत साक्षी राखी माया मेरोमा नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजना प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपाली र कलाकार तथा मोडल झरना रिसालको जोडी प्रस्तुत गरिएको छ।
प्रेम, सम्बन्ध र भावनालाई केन्द्रमा राखिएको गीतको भिडियो कर्णाली क्षेत्र आसपासका आकर्षक प्राकृतिक दृश्यमा छायाकन गरिएको निर्माण पक्षले जनाएको छ। कुबेर र झरनाको अभिनयले गीतमा प्रस्तुत प्रेमभाव र कथालाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ। एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक गीतमा सुजाता केसी र सविन सुवेदीले युगल गायन गरेका छन्। गजेन्द्र रञ्जितको शब्द रचना रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत छ।
म्युजिक भिडियोले प्रेम र भावनात्मक सम्बन्धलाई दृश्यस“ग जोड्दै कर्णालीको प्राकृतिक सौन्दर्यलाई समेत प्रस्तुत गरेको छ। निर्माण पक्षले गीतको भावअनुसार प्राकृतिक परिवेशलाई भिडियोको महत्वपूर्ण पक्षका रूपमा समेटेको जनाएको छ।











प्रतिक्रिया