काठमाडौं, (नेस) ।
भारतले आइतबार तिरुवनंतपुरममा खेलिएको वेस्ट इन्डिजविरुद्धको वानडे खेलमा ८ विकेटको जित हासिल गरेको छ । भारतको जितमा विराट कोहलीले १ सय ३९ रन बनाए । उनले ८८ बलमा १० चौका र ९ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका हुन् ।
यो विराटको वानडे क्रिकेट करिअरको ५५ औं अन्तर्राष्ट्रिय शतक हो । योसँगैं उनले समग्रमा अन्तर्राष्ट्रिय क्रिकेटमा ८६ शतक प्रहार गरेका छन् । वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गरेका उनले टी २० अन्तर्राष्ट्रियमा एक र टेस्ट क्रिकेटमा ३० शतक प्रहार गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने सूचीमा भारतकै ब्याटर शीर्षमा रहेका छन् । भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक १ सय संख्यामा शतक प्रहार गरेका हुन् ।
वेस्ट इन्डिजविरुद्धको खेलमा विराटले ३ सय ३ इनिङमा १५ हजार रन पनि पू्रा गरेका छन् । उनी कम इनिङ खेलेर यस उपलब्धिमा पुग्दा सचिनको रेकर्डसमेत तोडियो । सचिनले १५ हजार रन पूरा गर्न ३ सय ७७ इनिङ खेलेका थिए । वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा १५ हजार रन पूरा गर्नेमा यिनै दुई भारतीय खेलाडी मात्र रहेका छन् ।
यसैगरी विराटले वानडे अन्तर्राष्ट्रिय खेलमा रनचेजमा १ सय १२ औं पटक टोलीलाई जित दिलाएका छन् । उनी यस विधामा तेस्रो स्थानमा रहेका छन् । रनचेजमा सचिनले सर्वाधिक १ सय २७ पटक र महेन्द्रसिंह धोनीले १ सय १६ औं पटक आफ्नो टोलीलाई जित दिलाएका थिए ।
यो विराटको वेस्टइन्डिजविरुद्ध १० औं वानडे शतक हो । उनी कुनै पनि एक टोलीविरुद्ध सबैभन्दा बढी शतक बनाउने ब्याटर पनि हुन् । उनले यसअघि श्रीलंकाविरुद्ध १० औं शतक प्रहार गरेर कुनै पनि एक टोलीविरुद्ध सर्वाधिक शतक बनाउने रेकर्ड राखेका थिए । यसपछि उनले अस्टे«लियाविरुद्ध ८ वानडे शतक प्रहार गरेका छन् । सचिन र रोहित शर्माले भने अस्टे«लियाविरुद्ध ९–९ शतक प्रहार गरेका छन् ।











प्रतिक्रिया