सुनको भाउ ३८ सय रुपैयाँ घट्यो


काठमाडौं ।

सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुनको मूल्य ५ हजार रुपैयाँ घटेको थियो। दुई दिनमा सुनको भाउ प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ११५ रुपैयाँ घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।