नेपालको सामना श्रीलंकासँग हुने


काठमाडौं, (नेस) ।

नेपाल समूह विजेताका रुपमा जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा पुगेको छ ।
वर्षाका कारण जापानविरुद्धको खेल रद्द भएपछि नेपाल ३ अंकसहित नेपाल समूह एको विजेता बनेको हो । २ अंक जोडेको अफगानिस्तान पनि दोस्रो स्थानमा रहदैं अन्तिम आठमा पुगेको छ ।

आयोजकको टोली जापान भने १ अंक लिएर समूह चरणबाटै बाहिरियो ।नेपालले समूहमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । यसअघि अफगानिस्तानले जापानलाई हराएको थियो । योसँगैं अब नेपालले मंगलबार श्रीलंकासँग खेल्नेछ भने अफगानिस्तानको प्रतिस्पर्धा भारतसँग हुनेछ ।

जारी एसियाली खेलकुदको महिला क्रिकेटको खेलहरू भने सकिसकेको छ । जसमा, भारतीय टोलीले स्वर्ण जित्यो भने श्रीलंकाले रजत पदक जितेको थियो । यस्तै, कांस्य पदक पाकिस्तानले जितेको थियो ।