काठमाडौं ।
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य ३ लाख २ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७७५ रुपैयाँ थियो।
केही दिनयता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।











प्रतिक्रिया