क्षितिजलाई ¥यापिड रेटिङ चेस उपाधि


काठमाडौं, (नेस) ।

फिडे मास्टर क्षितिज अरुणले शनिबार दोस्रो खुल्ला फिडे र्यापिड रेटिङ चेसको उपाधि जितेका छन् ।
अन्नपूर्ण आरसीटीको आयोजना स्विस लिग नौ चरणको प्रतियोगितामा क्षितिजले आठ अंक बटुले । उनले सात जित र दुई बराबरी खेले ।

जितसँगै उनले १५ हजार रुपैंया प्राप्त गरे । समान आठ अंकमा बुकहोल्ज टाइब्रेकरको आधारमा पूर्व नेपाल च्याम्पियन सीए पुरुषोत्तम चौलागाई दोस्रो भए । उनले १० हजार रुपैंया हात पारे । यस्तै बेल्जियमका जोचिक डेमोलिन साढे सात अंकमा तेस्रो भए ।

महिलातर्फ भने राधिका पौडेल पहिलो, डानिशा पूरी दोस्रो तथा अग्रता आचार्य तेस्रो भए । दुई दिने प्रतियोगितामा कुल १ सय ५० खेलाडीको सहभागिता रहेको थियो ।