पोखरा वारियर्सलाई इन्डोर सुपर लिगको उपाधि


काठमाडौं, (नेस) ।

पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन २ को उपाधि जितेको छ ।

काठमाडौँस्थित भेलोसिटी एरिनामा भएको फाइनल पोखरा वारियर्सले बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको पोखरा वारियर्सले ७९ रन बनायो । ८० रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रिएको बुटवल एम्पायरका ब्याटरहरूले भने निराशाजनक प्रदर्शन गरे। पोखराका अमित श्रेष्ठले ३ विकेट लिए ।

पोखरा वारियर्सले उपाधिसहित ५ लाख र बुटवल एम्पायरले २ लाख रुपैयाँ प्राप्त गर्यो। प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरेका अमित श्रेष्ठ रिबन इन्टरटेनमेन्ट प्रस्तुत ’प्लेयर अफ द फाइनल’ घोषित भए ।

यस्तै, पोखरा वारियर्सका आश्रय बस्नेतले ’बेस्ट ब्याटर’ र काठमाडौँ कैलाश किंग्सका गौतम केसीले ’बेस्ट बलर’ चुनिए। उनीहरूले समान १५ हजार रुपैयाँ प्राप्त गरे। ।

पोखरा वारियर्सका हरि ओम जोशी ’प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। काठमाडौँका सन्तोष रोकाया ’इमर्जिङ प्लेयर’ चुनिए र १० हजार रुपैयाँ प्राप्त गरे।
कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।