काठमाडौं, (नेस) ।
काष्ठमण्डप विद्यालय र निस्ट प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
काष्ठमण्डपले आयोजक इम्पेरियल वल्र्ड स्कुललाई ३३–८ ले पराजित ग¥यो । सुदेशना नेपालको १२ अंक सहयोगमा निस्टले मेरिडियन इन्टरनेसनल स्कुललाई २९–९ ले हरायो ।
सिनियर ब्वाइजमा निस्टले फाइनलमा स्थान सुरक्षित ग¥यो । निस्टले युरो स्कुललाई ५३–३८ ले पाखा लगायो । निस्टका सुवर्ण भुजेलले २७ स्कोर गरे । निस्टले उपाधिका लागि संस्कृति इन्टरनेसनल स्कुल र जेम्सबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने छ । दोश्रो सेमिफाइनल वर्षका कारण स्थगित भएको हो ।
जुनियर ब्वाइजमा डाफोडिलले फाइनल यात्रा तय ग¥यो । डाफोडिलले आयोजक इम्पेरियलमाथि २३–४ को सहज जित दर्ता ग¥यो ।












प्रतिक्रिया