लन्डन, (एजेन्सी) ।
रियल मेड्रिडका किलियन एम्बाप्पेले पहिलोपटक बालोन डीओर पुरस्कार पाउने बताएका छन् । २७ वर्षीय फ्रेन्च स्ट्राइकरले यस वर्ष उक्त पुरस्कार पाउन सक्ने बताएका हुन् । उनले गत सिजनमा क्लबका लागि ४४ खेलमा ४२ गोल गरेका थिए । तर, उनको टोली रियल मेड्रिडले कुनै ट्रफी भने जितेको थिएन ।
एम्बाप्पेले बताए–धेरै मान्छेहरूलाई मेरो र बालोन डीओर बारे बोलेका छन् । वास्तवमा मैले सबैभन्दा महत्वपूर्ण प्रतियोगितामा इतिहास रचेको छु । यसैले यो वर्ष मेरा लागि राम्रो हो । तर, मान्छेहरूले उनीहरूकै सोचअनुसार मतदान गर्ने सक्नेछन् । म सँधैं आफुलाई विश्वकै उत्कृष्ट खलाडी सम्झन्छु । तर, हरेकको आ–आफ्नो विचार हुन्छ ।
वास्तवमा भन्ने हो भने मेरो लागि यो वर्ष राम्रो छ र मैले बालोन डीअर जित्छु ।
एम्बाप्पेको बालोन डीअर पुरस्कारको प्रतिस्पर्धामा उत्कृष्ट वर्ष २०२३ को थियो । उनी उक्त वर्षको पुरस्कार प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका थिए । त्यतिबेला उनी पेरिस सेन्ट जमेर्नका खेलाडी पनि थिए । बालोन डीअर पुरस्कार समारोह आगामी २६ अक्टोबरमा हुनेछ ।
इंग्ल्यान्डका कप्तान हेरी केन, स्पेनका लामिन यमाल र रोदरीमध्ये एक खेलाडीले सो पुरस्कार जित्ने अनुमान लगाइरहेको छ । केनले गत सिजनमा बायर्न म्युनिकका लागि ५१ खेलमा ६१ गोल गरेका थिए । जुन यो क्लबको रेकर्डसमेत थियो । उनले हालै उत्तर अमेरिकामा सम्पन्न विश्वकप २०२६ मा ६ गोल गरेका थिए । उनको देश इंग्ल्यान्ड विश्वकपमा तेस्रो भएको थियो ।
यसैगरी यमालले गत सिजनमा बार्सिलोनालाई ला लिगा जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । उनले विश्वकप जितेका छन् । यस्तै, रोदरीले पनि विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका छन् ।
एम्बाप्पले भने सो विश्वकपमा १० गोल गरी सुनको जुत्ता जितेका थिए । उनले विश्वकपमा लगातार दोस्रोपटक सुनको जुत्ता जितेका हुन् । उनको विश्वकपमा गोलसंख्या २२ मा पुगेको छ । उनले क्लबस्तरीयमा भने लगातार आठौंपटक सुनको जुत्ता जितेका छन् ।












प्रतिक्रिया