अविरल च्याम्पियन


काठमाडौं।

नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन् ।
जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा’ उपनामले चिनिने अविरलले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै च्याम्पियन बने । माथन २०२५ का च्याम्पियन हुन् ।

करियरको २९ अन्तरराष्ट्रिय प्रतियोगितामा चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधाराका अविरलको २१ औं जित हो । २१ जित मध्ये अविरल २० खेलमा नकआउट आधारमा विजयी भएका छन् ।
जितपछि अविरलले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हालसम्म आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।