काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएकामध्ये ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्।
त्रिवि शिक्षण अस्पतालका अनुसार बाढीमा परी घाइते भएका ७४ जनालाई अस्पताल ल्याइएको थियो। तीमध्ये २५ जनाको अहिले उपचार भइरहेको छ।
उपचाररत दुई जनालाई आईसीयू र दुई जनालाई हाई केयरमा राखिएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँले जानकारी दिए। अस्पतालमा ल्याइएका एक घाइते २५ वर्षीय कुशल मगरको भने उपचारका क्रममा मृत्यु भएको छ।












प्रतिक्रिया