काठमाडौं, (नेस) ।
भियतनाममा जारी तेस्रो पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक पदक जितेको छ ।
नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै विश्वकपमा नेपाललाई पहिलो पदक दिलाएका हुन् । विश्वका ६४ देशका खेलाडी तथा टोली सहभागी प्रतियोगितामा दावाले पुरुष एकलतर्फ उत्कृष्ट प्रदर्शनका साथ नेपाललाई पिकलबलमा ऐतिहासिक सफलता दिलाए ।
दावा सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धात्मक भए । दावाले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलका खेलाडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक पक्का गरे । पुरुष एकलतर्फ मंगोलियाले स्वर्ण तथा जापानले रजत पदक जित्यो ।
पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले विश्वकपको सुरुवातमै नेपालले कास्यपदक जित्नु नेपाली पिकलबलका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
’विश्वकपको सुरुवातमै नेपालले कास्यपदक जित्नु हाम्रो लागि निकै ठूलो ऐतिहासिक सफलताको सुरुवात हो । यस उपलब्धिले नेपाली पिकलबलमा रहेको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमै प्रमाणित गरेको छ,–भण्डारीले भने, –’आगामी दिनमा अझ व्यवस्थित प्रशिक्षण, खेलाडी विकास र अन्तर्राष्ट्रिय सहभागितामार्फत नेपालले थप महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास लिएका छौं ।












प्रतिक्रिया