काठमाडौं ।
रसुवा बाढीपीडितका लागि अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ।
अमेरिकी संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्ती रहेका छन्। यी सामग्रीबाट बाढी प्रभावित २ हजार ६ सय परिवार लाभान्वित हुने जनाइएको छ।
अमेरिकी दूतावासले राहत वितरण तथा थप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार र साझेदार संस्थासँग समन्वय भइरहेको जनाएको छ।












प्रतिक्रिया