काठमाडौँ।
इम्पेरियल वर्ल्ड स्कुल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०२६ आजदेखि सुरु भएको छ । ८ दिनसम्म चल्ने उक्त प्रतियोगितामा उपत्यकाभरिका ८ विद्यालयका प्रतिभाशाली युवा बास्केटबल खेलाडी सहभागी भएका छन् ।
प्रतियोगितामा जुनियर छात्र ८ टिम, सिनियर छात्र ८ र सिनियर छात्रा ८ टिम गरी कुल २४ टिम सहभागी भएको आयोजक विद्यालय इम्पेरियल वल्र्ड स्कुलले जनाएको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका पूर्व राष्ट्रिय बास्केटबल खेलाडी कर्मा गुरुङ्गले सामूहिक कार्य, अनुशासन, कडा मेहनत र खेल भावनाले विजयी प्राप्त गर्न सकिने बताए ।
उद्घाटन समारोहपछि, टोलीहरूलाई लिगकम नकआउटका आधारमा खेलाइने फिबा कमिसनर दुर्गा बहादुर थापाले बताए । उनले पहिलो ६ दिन ६/६ वटा खेलसहित सेमिफाइनल एक दिन र फाइनल एक दिन गरी ८ दिन प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।
विद्यालयका अध्यक्ष कुमार कार्कीले खेलले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग हुनुका साथै खेलाडीहरूले आफ्नो दृढ सङ्कल्प, कौशल र निष्पक्ष खेल कौशल प्रदर्शन गर्ने अपेक्षाका साथ प्रतियोगिताको आयोजना गरिएको बताए ।
विद्यालयकी प्रिन्सिपल जुनीता शाही कार्कीले खेल प्रतियोगिताहरूले विद्यार्थीलाई सामूहिक कार्य गर्दा सफल भइन्छ भन्ने सिकाई हुनुका साथै संस्कार निर्माण गर्न, अनुशासनमा रहन, अरूसँग गर्ने व्यवहार तथा स्वस्थ रहन र विद्यालयविच प्रगाढ सम्बन्ध निर्माण गर्न थप सहयोग गर्ने विचार व्यक्त गरिन । साथै विश्वव्यापी रूपमा खेलिने बास्केटबल प्रतियोगिताले विद्यार्थीको क्षमता पहिचानसँगै भविष्य निर्माण गर्न सक्ने बताइन ।












प्रतिक्रिया