नुवाकोटमा बाढीको वितण्डा, वेत्रावतीमा सबैभन्दा बढी क्षति


काठमाडौं । 

तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको छ।

बाढीले त्रिशूली बजारमा समेत क्षति पुर्‍याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ। त्यस्तै, देवीघाट बजार पनि बाढीका कारण डुबानमा परेको छ।

मेयर श्रेष्ठका अनुसार बुधबार बिहान करिब ९ बजेतिर नुवाकोटमा बाढी आएको जानकारी प्राप्त भएको थियो। बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।

Skip This